Logo

आज १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२३ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ८ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ३ सय ८२ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५, सोलुखुम्बुमा ३, धनुषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २, सिरहामा ६, काठमाडौँमा ४१२, काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४ र ललितपुरमा ११३ जना, सिन्धुपाल्चोकमा ९, कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासीपूर्वमा २४, पर्वत २, लमजुङमा ७, बागलुङमा ११, स्याङ्जामा ७, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नवलपरासीमा ६, पाल्पामा १५, प्युठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रुपन्देहीमा ५१, रोल्पामा १, कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २, हुम्लामा १, अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ जना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्