Logo

विप्लवद्वारा शिक्षकको हात बाँधेर घाँटी रेटी विभत्स हत्या, शव विराटनगर अस्पताल लगिँदै



Spread the love

२३ मंसिर, मोरङ । मोरङमा हत्या गरिएका शिक्षकको शव विराटनगर ल्याउने तयारी थालिएको छ । विप्लव नेतृत्वको नेकपाले मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिका – १ स्थित जंगलमा घाँटी रेटी शिक्षकको हत्या गरेको थियो ।

आज मंगलबार विहान ६ बजेतिर ४ /५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले घरबाट अपहरण गरेर जंगलतर्फ लगेका थिए । उनी सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् ।

स्थानीयले गोली चलेको आवाज पनि सुनेको भनेतापनि उनको शव हात बाँधीएको र घाँटी रेटी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो । प्रहरीले हत्याको कारण अझै खुल्न नसकेको बताएको छ ।

हत्या भएका शिक्षक मिलनसार र समाजसेवी भएका कारण विभत्स हत्याको घटनाले गाउँ शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्