Logo

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दोब्बरले बढ्यो



Spread the love

२४ मंसिर, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २८ सय ५७ जनाको मृत्यु भएको छ भने हिजो ७ तारिखमा १४ सय ३९ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेकाे छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । २ लाख १ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख ९३ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्