Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यथावत्



Spread the love

२४ मंसिर, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यथावत् रहेको छ । हिजो ४०४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज पनि ४०४ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ३२ हजार भन्दा धेरै संक्रमित थपिदा ४०४ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ९७ लाख ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ९२ लाख १४ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख ४१ हजार ३ सय ९८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्