Logo

खाएको २४ घण्टामै कोरोनाभाइरस रोक्न सक्ने औषधिको विकास, वैज्ञानिक उत्साहित



Spread the love

२४ मंसिर, एजेन्सी । कोरोना भाइरस विरूद्धको प्रभावकारी एन्टिभाइरल औषधि बनेको दाबी गरिएको छ । मोल्नुपिराभिर नामको यो एन्टिभाइरल औषधिले खाएको २४ घण्टामा नै कोरोना निस्तेज पार्ने दाबी गरिएसँगै यसको क्लिनिकल ट्रयाल सुरू पनि गर्ने तयारी भएको छ ।

नेचर माइक्रोबायोलोजीमा प्रकाशित शोधपत्रमा यो औषधिले कसरी २४ घण्टाभित्र भाइरसको प्रसार रोक्न सक्छ भन्नेबारे विस्तृतमा उल्लेख गरिएको छ । क्लिनिकल ट्रायलका लागि अनुमति दिनेबारे भारतको काउन्सिल अफ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च (सिएसआइआर)को रणनैतिक समूहको बैठकमा यसबारे छलफल सुरु भएको छ ।

यो एन्टिभाइरल औषधि जर्जिया स्टेट युनिभर्सिटीले विकास गरेको हो । यो एन्टिभाइरल कोरोना भाइरस निस्तेज पार्ने विश्वकै पहिलो ओरल एन्टिभाइरल औषधि भएको दाबी समेत कम्पनीले गरेको छ । यो औषधि खाएपछि बिरामी छिटो निको हुने र बिरामीको हालत गम्भीर स्थितिमा नपुग्ने पनि शोधपत्रमा दावी गरिएको छ ।

जनावरमा गरिएको परीक्षणले यो एन्टिभाइरल कोरोना भाइरसको संक्रमण निस्तेज पार्न अत्यन्तै प्रभावकारी भएको नतिजा सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्