Logo

६२८६ परीक्षण गर्दा थपिए १०५६ कोरोना संक्रमित, थप १४ जनाको मृत्यु



Spread the love

२४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ६२८६ पिसिआर परीक्षण देशभर १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १४ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६५१ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४८३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४४३७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्