Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

एउटै प्रदेशमा ८७ जना सङ्क्रमित थपिए



२४ मंसिर, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ५८७ को पिसिआर परीक्षणमा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपमा झापामा ३६, मोरङमा १५ मध्ये विराटनगरमा नौ, इलाममा १३, सुनसरीमा १२, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, ताप्लेजुङमा एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २८ हजार ५०२ पुगेको छ । प्रदेशमा आज ६२ जना सङ्क्रमित निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ४०५ पुगेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्म एक लाख ९८ हजार २२५ जनाको पिसिआर परीक्षण गर्ने सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्