Logo

नारायणकाजी श्रेष्ठले हाइड्रोको सेयरमा मध्यस्थता गरेको संवाद बाहिरियो



Spread the love

२६ मंसिर, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिएका छन् ।

कोरोनाबाट नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि उनि विवादमा तानिएका हुन् ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड ५० लाख रुपैयाँ लेनदेनको विषय छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ ।

श्रेष्ठले आफ्नी स्वकीय सचिव सुसन र इन्द्राको पक्ष लिएको र लामालाई नै ब्यवहार मिलाउनका लागि घुमाउरो दबाब दिइरहेको सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्