Logo

आज १ हजार ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२६ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ४४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ४४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौ ४०२, ललितपुरमा १०५, कास्कीमा ४५, मोरङमा ३७, सिराहामा ३६, भक्तपुरमा ३४, झापा र काभ्रेपलाञ्चोकमा २४/२४, अछाममा १९, मकवानपुरमा १६, दाङ, कैलाली र कञ्चनपुरमा १५/१५, पाल्पामा १३ र गोरखामा १०, धादिङ, रामेछाप र लमजुङमा ९/९, नवलपरासीमा ८, धनुषा, नुवाकोट, स्याङ्जा, बर्दिया र डडेल्धुरामा ६/६, सिराहा, दोलखा, सिन्धुपाल्चोक र नवलपरासी पूर्वमा ५/५, बाग्लुङ, अर्घाखाँची र सुर्खेतमा ४/४, धनकुटा, संखुवासभा, बारा, महोत्तरी, रौतहट, सप्तरी, पर्वत, कपिलवस्तु, गुल्मी, बझाङ र बैतडी ३/३, ओखलढुंगा, सर्लाही, रसुवा, तनहुँ, प्युठान, जुम्ला र सल्यानमा २/२, इलाम, उदयपुर, खोटाङ, सिन्धुली, मुस्ताङ, म्याग्दी, कालीकोट, जाजरकोट र डोटीमा १/१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्