Logo

आज नेपालमा कति थपिए कोरोना संक्रमित ?



Spread the love

२७ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टा यता नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।

शनिबार १ हजार ३ सय ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ भने योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन् भने ५ सय १९ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस्