Logo

युवतीको विषयमा विवाद हुँदा आफ्नै साथीको बिभत्स हत्या, तोरीबारिमा भेटियो शव



Spread the love

२७ मंसिर, ललितपुर । युवतीको विषयमा विवाद हुँदा आफ्नै साथीको हत्या भएको छ । ललितपुरमा युवतीको विषयमा भएको विवादमा एक जनाको मृत्यु भएको हो ।

उक्त घटनामा सिन्धुलीको फिकल घर भइ ललितपुरको चापागाउँ बस्ने नारायण श्रेष्ठको मृत्यु भएको छ । साथीहरूको कुटपिटबाट श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उदयपुरको रौतामाई घर भएका मिलन रानामगर पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले मिलनलाई पक्राउ गरेको हो ।

रानाको बयानको आधारमा खोजी गर्दा नारायण श्रेष्ठको शव तोरीबारीमा भेटिएको थियो । हत्या भएका श्रेष्ठ र अभियुक्त मिलन​ रानामगर साथी भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्