Logo

आज ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२७ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार २ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ८ सय ९९ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा ३ जना, उदयपुरमा १ जना, ओखलढुंगामा ३ जना, झापामा २९ जना, भोजपुरमा १ जना, मोरङमा८ जना, संखुवासभामा ३ जना र सुनसरीमा २० जना, धनुषामा ४ जना, पर्सामा १ जना, बारामा १ जना, महोत्तरीमा ५ जना, सर्लाहीमा २ जना र सिरहामा ३ जना, काभ्रेपलाञ्‍चोकमा ९ जना, चितवनमा ३ जना, दोलाखामा ३ जना, धादिङमा १० जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ३२ जना, मकवानपुरमा १४ जना, रसुवामा ३ जना, रामेछापमा ३ जना, ललितपुरमा ६९ जना र सिन्धुपाल्चोकमा ५, कास्कीमा ६९ जना, गोरखामा ३ जना, तनहुँमा २० जना, नवलपरासी पूर्वमा २० जना, पर्वतमा २ जना, वागलुङमा १ जना र स्याङ्जामा ३, अर्घाखाँचीमा ५ जना, कपिलवस्तुमा १० जना, गुल्मीमा २ जना, दाङमा ९ जना, पश्चिम नवलपरासीमा २ जना, पाल्पामा ७ जना, प्‍युठानमा ४ जना, बर्दियामा ११ जना, बाँकेमा ३३ जना, रुपन्देहीमा २१ जना र रोल्पामा १, सल्‍यानमा १ जना, सुर्खेतमा ७, अछाममा २३ जना, कञ्‍चनपुरमा ३ जना, कैलालीमा ४ जना, डडेल्धुरामा ७ जना, डोटीमा १ जना, बझाङमा ३ जना र बैतडीमा ६ जनागरी नयाँ कोरोना संक्रमित थपिएका छन्।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् भने १६८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्