Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

२८ मंसिर, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ३९६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ३३२ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट २७ हजार भन्दा धेरै संक्रमित थपिदा ३३२ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ९८ लाख ५४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ९३ लाख ५३ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख ४२ हजार ९ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्