Logo

पेट्रोलको मूल्य बढ्यो, अबको मूल्य कति ?



Spread the love

२८ मंसिर, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार बिहान १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले बढाएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिएका छन् ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर भएको निगमले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्