Logo

सहमतिका लागि ओली–प्रचण्डलाई थप तीन दिनको समय



Spread the love

२८ मंसिर, काठमाडौं। दुई अध्यक्षबीच सहमतिका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक तीन दिन स्थगित गरिएको छ।

आइतबार बालुवाटारमा बसेको स्थायी समिति बैठक पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव परित गर्दै बैठक तीन दिनका लागि स्थगित भएको हो।

अर्को बैठक पुस १ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

२१ गतेको बैठकमा अनुपस्थित प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा भने उपस्थित भएका थिए।

बैठकमा सहभागी एक स्थायी समिति सदस्यले दुई अध्यक्षबीच सहमतिकाे वातावरण बनाउनका लागि बैठक तीन दिन स्थगित गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्