Logo

५१८१ पिसिआर परीक्षण गर्दा थपिए ८३० कोरोना संक्रमित, थप ९ जनाको मृत्यु



Spread the love

२८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ५१८१ पिसिआर परीक्षण देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६९८ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५०० जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३५७३१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्