Logo

गुगल म्यापले धोका दिँदा १८ वर्षीय युवकको दर्दनाक मृत्यु



Spread the love

२८ मंसिर, एजेन्सी । गुगल म्यापले धोका दिँदा एक जना युवकको ज्यान गएको छ । गुगल म्यापको एक गल्तीका कारण रूसको साइबेरियामा एक जना १८ वर्षीय युवकको ज्यान गएको हो ।

ती मृतक युवक र उनका तीन जना साथि गुगल म्यापले गलत लोकेशन दिँदा हराएका थिए । गुगल म्यापको लोकेशनलाई पच्छ्याउँदै जाँदा उनीहरू अत्यन्तै चिसो ठाउँमा पुगे । उनीहरू रातको समयमा माइनस ५० डिग्री भएको ठाउँमा पुगेका थिए ।

अत्यधिक चिसो भएका कारण ती युवकको मृत्यु भएको पुष्टि भइसकेको छ । गुगल म्यापले गलत लोकेशन दिँदा युवकको मृत्यु भएको समाचार विश्वभर चर्चाको विषय बनेको छ ।

ती युवकसँगै जाँदा बाच्न सफल भएकाहरूको पनि हातखुट्टाका केही भाग हिउँले खाएर काट्नु पर्ने अवस्थामा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्