Logo

फ्रान्सका राष्ट्रपतिलाई कोरोना संक्रमण



Spread the love

२ पुस, एजेन्सी । फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

उनलाई कोरोना सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनिसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि सङ्क्रमित भएको आशङ्कापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहन र परीक्षण गर्न सुझाब दिइएको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा पनि उनको नाम थपिएको छ । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई पनि कोरोनाभाइरसले सङ्क्रमित बनाएको थियो ।

राष्ट्रपति म्याक्रोँलाई लक्षणका आधारमा शङ्का लागेपछि परीक्षण गरिएकोमा सङ्क्रमण देखिएको हो । उन अब कम्तीमा सात दिन “सेल्फ आइसोलेसन”मा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्