Logo

विवाहको अघिल्लो दिन घरको छतबाट खसेर गम्भीर घाइते भएकी युवतीको अस्पतालमै विवाह



Spread the love

७ पुस, एजेन्सी । विवाहको अघिल्लो दिन घरको छतबाट खसेर घाइते भएकी युवतीलाई युवाले अस्पतालमै विवाह गरेका छन् ।

भारत उत्तर प्रदेशको यूपीमा बस्ने आरती विवाहको एकदिन अघि छतबाट खसेर घाइते भएकी थिइन् । घरको छतबाट खसेर उनको मेरूदण्डमा उनको गम्भीर चोट लागेको छ । यसैका कारण उनी राम्रोसँग हिड्न नसक्ने अवस्थामा पुगेकी छन् ।

घाइते भएकी ती युवतीलाई दुलाहा अवधेशले भाग्यको खेल भन्दै बरमाला पहिराएका छन् । युवतीसँग अस्पतालमै विवाह गर्न दुलाहाले डाक्टरहरूसँग सल्लाह लिएका थिए ।

उनको विवाहमा परिवारका मानिसहरूले भाग लिएका थिए । भारतमा भएको यो घटना अहिले सामाजिक सञ्जालमा धेरै चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्