Logo

एनिभर्सरीमा पत्नीलाई चन्द्रमामा २३ रोपनी जग्गा उपहार



Spread the love

१४ पुस, एजेन्सी । भारतको राजस्थानमा धर्मेन्द्र अनिजा अहिले चर्चामा छन्। उनले चन्द्रमामा जग्गा किन्ने उनकी पत्नीको सपना साकार पारिदिएका छन् ।

धर्मेन्द्रले उनको आठाैँ विवाह उत्सवको अवसरका पत्नीका लागि चन्द्रमामा जग्गा किनेर उपहार दिएका छन् । उनले २४ डिसेम्बरमा उक्त उपहार पत्नीलाई दिएका हुन् ।

बिबिसीसँगको संवादमा धर्मेन्द्रले एक हप्ता अघि नै चन्द्रमामा जग्गा किन्ने योजना बनाएको बताएका छन् । उनले ठूलो चुनाैतिको सामना गर्दै चन्द्रममा जग्गा किन्न सफल भएको बताएका छन् ।

चन्द्रमामा धर्मेन्द्रले पत्नीको नाममा २३ रोपनी जग्गा किनेका छन् । यो विषय अहिले भारतीय मिडियामा चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्