Logo

२२० पल्सरमा ट्र्याक्टरको टायर !



Spread the love

१४ पुस, एजेन्सी । एक जना राइडरले पल्सरको लोकप्रिय मोडल २२० मा ट्र्याक्टरको टायर राखेर कुदाएका छन् । भारतका एक व्यक्तिले २२० पल्सरमा ट्र्याक्टरको टायरले कस्टमाइज गरेका हुन् ।

उनले मोटरसाइकलको अगाडीको चक्का ट्र्याक्टरको चक्काले प्रतिस्थापन गरेका थिए । उनैले उक्त बाइक कच्ची तथा पक्की सडकमा निकै सहज रूपमा चलाएको भारतीय मिडियाहरूमा उल्लेख छ ।

ठूलो आकारको टायरलाई सकेट बनाएर जडान गरिएको छ । सकेट बनाइएका कारण यसलाई राइडर आफूले चाहेको बखतमा सहजताका साथ हटाएर पुरानै टायर जडान गर्न सकिन्छ ।

त्यो बाइकको अगाडीको चक्कामा ब्रेक नराखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्