Logo

नयाँ वर्षको अघिल्लो दिन दीपिकाको यो हर्कतले फ्यानहरू चकित



Spread the love

१७ पुस, एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोणले सामाजिक सञ्जालका सबै पोष्टहरू डिलिट गरेकी छिन् । डिसेम्बर ३१ को रात उनका ट्विटर तथा इन्स्टाग्रामका सबै पोष्टहरू हटाइएका हुन् । सामाजिक सञ्जालमा सक्रिय अभिनेत्रीको अब यी २ सामाजिक सञ्जालमा कुनै पोष्टहरू छैनन् ।

दीपिकाको यो कार्यले उनका फ्यानहरू अचम्मित भएका छन् ।

तर, यसैबीच दीपिकाको अकाउन्ट ह्याक भएको हुन सक्ने पनि धेरैको अनुमान छ । पछिल्लो समय भारतीय कलाकारहरूको सामाजिक सञ्जाल ह्याक हुने क्रम बढीरहेको छ ।

यद्यपी, दीपिकाका नजिकका एक व्यक्तिका अनुसार सबै पोष्टहरू दीपिका स्वयंले नै हटाएकी हुन् । दीपिकाले सबै पोष्टहरू हटाउँदा उनको इन्स्टाग्राम स्टोरी भने देखिइरहेको थियो । उनले यो विषयमा अहिलसम्म कुनै विज्ञप्ती वा सूचना जारी गरेकी छैनन् ।

दीपिकाका इन्स्टाग्राममा ५२.५ मिलियन फलोअर्स छन् भने ट्वीटरमा २७.७ मिलियनले उनलाई फलो गर्छन् ।

प्रतिक्रिया दिनुहोस्