Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

पहिलो खेलमै सन्दिप लामिछानेको सानदार प्रदर्शन



१८ पुस, काठमाडाैँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिएका हुन् । उनले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिएका हुन् ।

चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेलेका हुन् । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाउनुभयो । एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाउनुभयो । बलिङतर्फ होबार्टका लागि लामिछानेसँगै स्कट बोलान्डले तीन विकेट लिए ।

होबार्टमा आवद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस सिजनका शुरुआतका छ खेल गुमाएका थिए । नेपालमै छँदै उनि कोरोना सङ्क्रमित भएका थिए । अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएका कारण उनि प्रारम्भका छ खेल खेल्नबाट बञ्चित भएका हुन् । होबार्ट हालसम्म खेलेका सात खेलमा पाँचमा जित तथा दुई खेलमा हारका साथ १८ अङ्क जोड्दै आठ टोली सम्मिलित बिग बासको दोस्रो स्थानमा उक्लिएको छ । होबार्टले अब अर्को खेल सोमबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्