Logo

मानवताको खराब पक्ष : नयाँ वर्ष मनाउँदा मारिए हजाराैँ निर्दोष चराहरू



Spread the love

१९ पुस, एजेन्सी । हर्ट अट्याक भएर एकैपटक हजाराैँको संख्यामा चराहरू मरेका छन् । इटालीको राजधानी रोममा नयाँ वर्ष मनाउने क्रममा पटका पढ्काउँदा त्यसको चर्को ध्वनीका कारण ती चराहरू मरेको पाइएको छ ।

रोम वरीपरीबाट हजाराैँ साना प्रजातीका चराहरूको मृत शरीर उठाइएको थियो । रोमको टर्मिनी रेल स्टेशनमा समेत ठूलो संख्यामा मरेका चराहरू देखिएपछि यात्रुहरू अचम्ममा परेका थिए ।

पशु अधिकारकर्मीहरूका अनुसार नयाँ वर्षको रातमा ठूलो संख्या चर्को ध्वनी भएका पटकाहरू पड्काउँदा ती चराहरूको मृत्यु भएको हो ।

एक जनाले भिडियो खिच्दै ‘यो नै मानवताको सबैभन्दा गलत पक्ष’ भएको बताएका छन् ।

नयाँ वर्षको रातमा डिएगोले यो सबै दृश्य देखिरहेका थिए । रातमा ट्याक्सी चलाउनेक्रममा ठूलो संख्यामा मरेका चराहरू देखेको बताएका छन् । उनले त्यतिबेला नै पटकाका कारण चराहरू मरेको अनुमान गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्