Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

टीकापुरका पूर्वनगर प्रमुख सञ्ज्यालको निधन



१ माघ, कैलाली । टीकापुर नगरपालिकाका पूर्वनगर प्रमुख रत्नप्रसाद सञ्ज्यालको निधन भएको छ । मधुमेह तथा उच्च रक्तचापबाट पीडित ७३ वर्षीय सञ्ज्यालको बिएण्डबी अस्पताल ललितपुरमा उपचारका क्रममा बुधबार राति निधन भएको हो ।

उनि विसं २०५४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट नगर प्रमुखमा निर्वाचित भएका थिए । उनको जन्म विसं २००४ मा कालीकोटको रास्कोट नगरपालिका वडा नं ४ मा भएको थियो । टीकापुर नगरपालिका २०५३ सालमा स्थापना भएको हो ।

नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरले महत्वपूर्ण अभिभावक गुमाएको बताए । “पूर्वनगर प्रमुखको निधनले यहाँको सामाजिक र राजनीतिक क्षेत्रमा ठूलो असर पुगेको छ”, उनले भने, “उहाँ कुशल व्यवस्थापक, कुशल राजनीतिज्ञ र शिक्षाप्रेमी हुनुहुन्थ्यो, टीकापुरलाई उहाँको अभाव सधैँ खड्किरहने छ ।”टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माविमा एक दशक प्रधानाध्यापक भएका सञ्ज्यालले शिक्षा र खेलकूदका क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको शिक्षक काशीराम ढुङ्गानाले बताए । “उहाँ कुशल प्रशासक, प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो”, ढुङ्गानाले भने, “उहाँले देखाएको बाटो सधैँ सम्झनामा रहनेछ ।”

सञ्ज्यालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उनको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र वन तथा वातावरणमन्त्री पे्रमबहादुर आलेले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्