Logo

‘बालुवाटार वरिपरि गइसक्नु छैन, ओली गन्हाएका छन्’



Spread the love

४ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीको गन्ध आएको भन्दै ब्यंग्य गरेका छन् ।

प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीप्रति व्यंग्य प्रहार गरेका हुन् । नेता रावलले सम्बोधनका क्रममा ओली एक नम्बरको भगाैडा भएको पनि आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीप्रति व्यंग्य गर्दै नेता रावलले भने, ‘ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, बिधिको डल्ला ले धोयौं । त्यसरी धुँदा धुँदा कयौं ड्रमका ड्रम सिद्धान्त सकिए । विधि सकिए, नीति सकिए । तर अहिले बालुवाटार वरिपरि गइसक्नु छैन ओली गन्हाएका छन् ।’

प्रतिक्रिया दिनुहोस्