Logo

गुडिरहेको बसमा हाइटेन्सनको लाइनले छुँदा आगलागी, ६ जनाको जलेर मृत्यु



Spread the love

५ माघ, एजेन्सी । गुडिरहेको बसमा आगलागी हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

गुडिरहेको बसमा हाइटेन्सनको लाइनले छुँदा आगलागी भएको र उक्त दुर्घटना भएको हो ।

यो दुर्घटना भारतको जलोर जिल्लाको महेशपुर भन्ने स्थानमा भएको हो । जिल्लाका कलेक्टर चगन लाल गोयलका अनुसार शनिबार बिहान १०ः३० बजेतीर उक्त घटना घटेको हो ।

उक्त दुर्घटनामा बसका चालक र कन्डक्टरको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्