Logo

फाइजरको भ्याक्सिन लिएका २३ जनाको मृत्यु, देखिएका थिए यस्ता साइड इफेक्ट



Spread the love

५ माघ, एजेन्सी । कोरोना भाइरसको खोप लगाएको एकै दिनमा २३ जनाको मृत्यु भएको छ । नर्वेमा फाइजरको भ्याक्सिन लगाएको १ दिनमा नै २३ जनाको मृत्यु भएको सरकारी तथ्यांक सार्वजनिक भएको हो ।

उनीहरू सबै जनाले कोरोना भाइरसको भ्याक्सिनको पहिलो डोज लिएका थिए । नर्वेका स्वास्थ्य अभिकारीहरूका अनुसार १३ जनाको साइड इफेक्ट देखिएर मृत्यु भएको थियो ।

उनीहरू सबैजना नर्सिङ होममा रहेका बिरामीहरू सबै जना कम्तिमा ८० वर्षका थिए ।

उनीहरू सबैजनामा ज्वरो आउने र आलस्यता देखिने लक्षणहरू देखिएका थिए ।

नर्वेमा अहिलेसम्म ३० हजारभन्दा धेरै मानिसले कोरोनाको भ्याक्सिनको पहिलो डोज लिएका छन् । नर्वेमा फाइजर र मोडेर्नाको कोरोना भाइरसको भ्याक्सिनले अनुमति पाएका छन् ।

यसभन्दा अघि पोर्चुगल र अमेरिकामा फाइजरको भ्याक्सिन लिएका एक एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्