Logo

एउटा शब्द बिर्सिँदा रोकिएको ३१ अर्ब स्वाहा हुनसक्ने खतरामा



Spread the love

७ माघ, एजेन्सी । एक जना मान्छेले एउटा शब्द बिर्सिँदा उनको ३१ अर्ब रूपैयाँ अड्किएको छ । जर्मनका कम्प्युटर प्रोग्रामर स्टिफन थोमसले कम्प्युटरको हार्ड ड्राइभमा राखेको पासवर्ड बिर्सिएपछि उनको २२० मिलियन डलर अर्थात् करीब ३१ अर्ब रूपैयाँ अड्किएको छ ।

त्यति मात्रै हैन, उनले गलत पासवर्ड गलत हानेको खण्डमा उनको त्यो पैसा सदाका लागि स्वाहा समेत हुन सक्छ ।

डिजिटल वालेट विटक्वाइनमा उनको ७००२ क्वाइन छन् । अहिले एक विटक्वाइनको मूल्य २०००० डलर रहेको छ ।

उनले केही वर्षअघि पासवर्ड लेखेको कागज हराएपछि उनको टाउको दुखाइ सुरू भएको हो । उक्त पासवर्डलाई ‘आइरनकी’ भनिन्छ । त्यसपछि उनले ८ पटक उक्त ड्राइभ खोल्ने प्रयास गरिसकेका छन् । तर, सबै प्रयास असफल भए ।

‘अहिले म बेडमा बसेर पासवर्ड सोचिरहेको हुन्छु । केही नयाँ तरिका सोचेर कम्प्युटरमा गएता पनि काम भएको छैन् । तर, पनि फेरी म सोच्न तयार छ ।’ थम्पसनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्