Logo

राजपरिवारको आलोचना गर्दा ४३ वर्ष जेलको चिसो हावा खानुपर्ने



Spread the love

७ माघ, एजेन्सी । राजपरिवारको आलोचना गरेको भन्दै एक जना महिलालाई ४३ वर्षको जेल सजाय सुनाइएको छ । थाइल्याण्डकी ६३ वर्षीया महिलालाई उक्त कसूरमा ४३ वर्षको जेल सजाय सुनाइएको छ ।

अन्चन नामक ती महिलाले राजपरिवारको आलोचना गर्दै सामाजिक सञ्जालमा अडियो क्लिप पोस्ट गरेकी थिइन् ।

थाइल्याण्डको ‘लेजे मजेस्टी ल’ राजपरिवारको विरोध तथा आलोचना गर्न पूर्ण रूपमा बन्देज गरेको छ । यसलाई संसारकै कठोर कानुनको रूपमा समेत लिइन्छ ।

तीन वर्ष यो कानुन प्रयोग नगरेता पनि पछिल्लो वर्षबाट यो कानुनले पुनर्जिवन पाएको छ । तर, यो कानुनमा परिवर्तन हुनुपर्ने भन्दै थाइल्याण्डमा विरोध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्