Logo

परस्त्रीसँग रंगेहात फेला परेका पुरुषले पाँचौं तलाबाट हाम फालेपछि…



Spread the love

७ माघ, एजेन्सी । श्रीमान नभएको माैकामा अर्को पुरूषसँग बसिरहेको बेला श्रीमान आइपुगेपछि पुरूषले पाँच तलाबाट हाम फालेका छन् । ती पुरूष भाग्नेक्रममा भवनको पाचाैँ तलाबाट हाम फालेका हुन् ।

भारतको दिल्लीमा घटेको यो घटना दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा घटेको हो । अर्काकी श्रीमतिसँग आपत्तिजनक अवस्थामा भेटिने डरले उनी भाग्ने क्रममा पाचाैँ तलाबाट हाम फाल्नु पर्यो ।

उनीहरूले ढोकामा चुकुल समेत लगाउन बिर्सिएर मायामा लिप्त हुँदै थिए । उनीहरू मस्ती गरिरहेकै अवस्थामा श्रीमान कोठामा पसेपछि उनी हाम फाल्न बाध्य भए ।

पाँच तलाबाट हाम फालेका व्यक्तिलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । तर अस्पतालमा लगिएपनि उनको ज्यान भने जोगिएन ।

परपुरूषसँग रंगेहात देखेपछि देह त्याग गर्ने प्रयास गरेकी श्रीमती भने बाच्न सफल भएकी छन् । उनका श्रीमानले नै महिलालाई बचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्