Logo

‘भ्यालेन्टाइन डे’सम्म थपियो लकडाउन



Spread the love

७ माघ, एजेन्सी । कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउनको समय बढाइएको छ । जर्मनिकी चान्सेलर एंगेला मर्केलले आगामी फेब्रुअरी १४ तारिखसम्म देशमा लकडाउन जारी रहने घोषणा गरेकी हुन् ।

लकडाउनको समय बढाउनुभन्दा अघि मर्केलले देशका १६ वटै राज्यका नेताहरूसँग छलफल गरेकी थिइन् । अब हुने लकडाउन थप कडा हुने समेत बताइएको छ ।

पछिल्लो समय लगाइएको लकडाउन जनवरीको अन्तिम सम्मको थियो । तर, कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि लकडाउनको अवधि थप गरिएको हो ।

यस लकडाउनमा पनि अधिकांश पसलहरू र अत्यावश्यक बाहेकका व्यवसायहरू पूर्ण रूपमा बन्द रहनेछन् । जर्मनीमा ठूलो संख्यामा कर्मचारीहरूलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

यसपटक थपिएको लकडाउनको समयले यस वर्षको ‘भ्यालेन्टाइन डे’मा समेत प्रभाव पार्नेछ । १४ फेब्रुअरीमा विश्वभर प्रेम दिवस (भ्यालेन्टाइन डे) मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्