Logo

बाइडेनले राष्ट्रपतिको पद सम्हाल्ने बित्तिकै ठूलो निर्णयमा गरे हस्ताक्षर



Spread the love

८ माघ, एजेन्सी । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हाल्ने बित्तिकै ठूला निर्णयहरूमा हस्ताक्षर गर्न सुरू गरेका छन् ।

उनले राष्ट्रपतिको पद सम्हाल्ने बित्तिकै अबको पहिलो प्राथमिकता ‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ समावेश भएको बताएका छन् ।

बाइडेनले कोरोना भाइरसबाट ग्रस्त अमेरिकामा सबैलाई कोभिड–१९ का लागि मास्क लगाउन अनिवार्य गरिदिएका छन् । त्यस्तै, अमेरिकालाई पेरिस जलवायु सम्झौतामा पुनः समावेश गराएका छन् ।

अमेरिकामा कार्यकारी आदेश जारी गर्न संसद्बाट अनुमति लिनु नपर्ने प्रावधान छ । तर, यो आदेशलाई निकै विवादास्पद मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्