Logo

देउवालाई लक्षित पौडेलको आक्रोश- ‘जे मन लायो त्यही बोलेर हिँड्ने ?’



Spread the love

६ फागुन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनमा अदालतलाई देखाएर पन्छिन कांग्रेस पन्छिन नमिल्ने बताएका छन् ।

बिहीबार नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै नेता पाैडेलले कांग्रेस जनभावनाको वेवास्ता गर्दै अदालतले के गर्छ ? कसले के गर्छ ? भनेर बसेको आरोप लगाएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल पाैडेलले सभापति देउवाप्रति आक्रोश व्यक्त समेत गरेका छन् । नेता पाैडेलले भने, ‘कसले के गर्छ भनेर हेर्ने हो कि लोकतन्त्र रक्षाका लागि आफैं अघि सर्ने र बढ्ने हो ? ओलीको कदम लोकतन्त्रमाथिको प्रहार र तानाशाही भएकाले यसको विरोध गर्नु कांग्रेसको कर्तव्य हो ।’

नेता पाैडेलले देशभरका कार्यकर्ता संसद विघटनको विरूद्धमा सडकमा उत्रिँदा पनि नेताहरूको कारणले कन्फ्युज भएको समेत उल्लेख गरेका छन् । अदालतले संसद् पुनर्थापना गर्ने विश्वास व्यक्त गर्दै नेता पाैडेलले संसद पुनर्थापना नभए देश गृहयुद्धमा जाने खतरा भएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्