Logo

पार्टीको साधारण सदस्यसमेत नरहेका ओली अध्यक्ष हुँ भन्दै हिँडिरहेका छन्: नेता नेपाल



Spread the love

१८ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको साधारण सदस्यसमेत नरहेका ओली अध्यक्ष हुँ भन्दै हिडेको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधवनिकट पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले ओली प्रधानमन्त्रीको कुर्सीमा टाँसिरहेको बताएका हुन् ।

उनले भने, ‘केपी ओली प्रधानमन्त्री पदमा टाँसी रहेको छन् । साधारण सदस्यसमेत हटाइसकेको ओलीले अहिले पाटी अध्यक्ष भन्दै हिँडिरहेका छन् । हामीले निर्वाचन आयोगलाई पनि भनिसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्