Logo

सरकारले स्ट्याण्डबाइ राखेको हेलिकप्टर छोडेर गाडीबाटै काठमाडाैँ आउँदै विप्लव



Spread the love

२० फागुन, काठमाडाैँ । विप्लवले काठमाडाैँ आउनका लागि भनेर तयार गरिएको हेलिकप्टर चढ्न अस्वीकार गरेका छन् ।

उपत्यका बाहिर भएका विप्लवलाई काठमाडाैँ ल्याउन सरकारले हेलिकप्टरको बन्दोबस्त गरेको थियो । तर, उनी गाडीबाटै नै काठमाडाैँ आउँदै गरेको बताइएको छ ।

शुक्रबार दिउसो २ बजे सरकार र विप्लवबीच भएको विस्तृत सम्झाैतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

भोली एक समारोहबीच हुने उक्त कार्यक्रममा सरकारका तर्फबाट प्रधानमन्त्री ओली र विप्वलका तर्फबाट विप्लव स्वयंले एउटै मञ्चमा सम्बोधन गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्