Logo

होटलमा बसेर १ लाख ५० हजार घुस लिँदै गर्दा कर अधिकृत पक्राउ



Spread the love

२७ फागुन, जनकपुरधाम । एक लाख ५० हजार घुससहित कर अधिकृत पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका हुन् ।

कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ । स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् ।

दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ । पक्राउ परेका दुबै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्