Logo

घाँस काट्न गएकी रेनुकालाई बाघले घिसारेर लग्यो



Spread the love

२७ फागुन, बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा बुधबार पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

मधुवन–३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले बताए । नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको उनले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्