Logo

बिहीबार कति थपिए नेपलमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?



Spread the love

२७ फागुन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ।

बिहीबार ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ।

देशभर हालसम्म ९४२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्