Logo

‘ओली हटाऊ देश बचाऊ’ भन्दै बाबुराम भट्टराई बालुवाटारमा



Spread the love

२७ फागुन, काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीष परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बालुवाटार पुग्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनी बिहीबार बालुवाटार पुग्ने भएका हुन् ।

तर, उनले बुधबार राती ‘ओली हटाऊ देश बचाऊ’ भन्दै ट्विट गरेका थिए । उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै बालुवाटार जाने भएपछि उनको आलोचना हुन थालेको छ ।

उनी प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ ठाकुरको साथ लागेर बालुवाटार जाँदैछन् ।

यस्तो छ उनले हिजो गरेको ट्वीट ।

प्रतिक्रिया दिनुहोस्