Logo

देश गम्भीर संकटमा फसेको बेला नेताहरूको भूमिका अपेक्षित स्तरको छैन है ! : बाबुराम भट्टराई



Spread the love

२८ फागुन, काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेता तथा राजनीतिक दलको भूमिमा अपेक्षित स्तरको नभएको बताएका छन् ।

बिहीबार साँझ ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको उल्लेख गरेका हुन् । उनले सबै नेताहरू कुर्सीको पछाडी मात्रै दाैडिएको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।

‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है!अदालतको कृपाले अलिअळि लाज बचेको बेला पुन:उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने,आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त!जसपा त्यो मुसादौडमा छैन है!’, भट्टराईले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्