Logo

माओवादीको स्थायी कमिटी बैठक चलिरहेको बेला रावल पेरिसडाँडा किन पुगे ?



Spread the love

२९ फागुन, काठमाडौं । नेकपा एमालेका नेता भीम रावल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा पुगेका छन् । 

पेरिसडाँडास्थित माओवादी कार्यालयमा बिहान ९ बजेबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठकमा ९ः३० बजे  रावल बैठकमा समेत प्रवेश गर्न भ्याए ।  

माओवादीको बैठकमा रावलले के संवाद गरे भन्ने विषय बाहिर आएको छैन । आधा घण्टा पेरिसडाँडा रहेका रावल १० बजे पेरिसडाँडा बाट बाहिरिएका थिए । तर रावलले पेरिसडाँडाबाट बाहिरिँदै गर्दा कुनै प्रतिक्रिया भने दिएनन् । 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई खबरै नगरी पार्टी पदाधिकारी खारेज गर्नुका साथै महाधिवेशनको मिति घोषणा गर्ने निर्णय गरेपछि एमालेको नेपाल समूहको पनि आज स्थायी र केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि नेता रावल नेपालको सन्देश लिएर पेरिसडाँडा पुगेका हुन्।

शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले ओली सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने, चैत २ गते बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्ने, एमालेले आफ्नो केन्द्रीय कमिटीमा राखेका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने लगायतका निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्