Logo

माओवादी केन्द्रले बादलसहित अन्य मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग



Spread the love

२९ फागुन, काठमाडौं।नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ।

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

हाल माओवादी केन्द्रका गृहमन्त्री बादलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । 

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिती स्पष्ट पार्न पनि बैठकले निर्देशन दिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्म स्थगित गरेको छ । भोली केन्द्रीय कमिटी बैठक भने बस्ने माओवादी केन्द्रले जनाएकाे छ। 

प्रतिक्रिया दिनुहोस्