Logo

घाँस काटिरहेकी महिलामाथि जबरजस्ती करणीको प्रयास



Spread the love

काठमाडौं । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना युवक प्रक्राउ परेका छन् ।

२१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा पटेर्वासुगौली गाउँपालिका–४ अकुवाटोलका १९ वर्षीय अविशेक दास थारूले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । 

उनका अनुसार महिलालाई जबरजस्ती करणी गर्न खोज्दा पीडितले प्रतिकार गरी घाँस काट्ने हँसिया दासमाथि प्रहार गर्न खोजेपछि अभियुक्त दास भागेका थिए । घटनाबारे महिलाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी टोलीले प्रतिवादी अविशेक दास थारूलाई खोजतलाश गर्ने क्रममा घरबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीविरूद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकास खनालले बताए ।  

प्रतिक्रिया दिनुहोस्