Logo

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ



Spread the love

२९ फागुन, मोरङ । मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । शुक्रवार दिउँसो रतुवामाई नगरपालिका-४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई प्रहरीले ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

मुखियाले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्