Logo

जसपा कसैको पुच्छर हैन, देशको नेतृत्व गर्ने शक्ति हो : बाबुराम भट्टराई



Spread the love

१ चैत, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जसपा आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको बताएका छन्।

उनले शनिबार ट्वीट गर्दै भट्टराईले जसपा आफैँमा सरकारको नेतृत्व गर्न सक्षम भएको बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा: १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ।’ उनले थपे, ‘गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरूद्ध कसैसँग सम्झौता गर्दैन ।’

साथै भट्टराईले जसपा कसैको पुच्छर नबन्ने पनि दाबी गर्दै लेखेका छन्, ‘यो कसैको पुच्छर हैन,आफैँ देशको नेतृत्व गर्ने शक्ति हो।’ जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको संकेत उनको छ।

प्रतिक्रिया दिनुहोस्