Logo

आइतबार कति थपिए नेपालमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?



Spread the love

१ चैत्र, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ।

यस्तै सोही अवधीसम्म थप ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ३२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन्। हालसम्म नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ३ हजार १४ रहेको छ ।

देशभर हाल ९११ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्