Logo

प्रचण्ड–नेपालबीच कोटेश्वरमा भेटवार्ता



Spread the love

१ चैत्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्।

नेताहरुबीच समसामयिक राजनीतिक परिस्थितिका साथै अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल भइरहेको बताइएको छ । 

अहिलेको सरकारका लागि कायमै रहेको समर्थन फिर्ता लिने विषयमा माओवादी केन्द्रले कुनै निर्णय गर्न सकेको छैन्। माओवादी पृष्ठभूमि भएका २३ जना नेताहरूलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरूको बैठकमा केन्द्रीय सदस्य बनाइसकेका छन्।

उनीहरूले सांसद पद खारेज भए पनि ओलीको साथ नछाड्ने बताइसकेका छन्। ओलीले नेपाल पक्षका पदाधिकारीहरूको जिम्मेवारी पनि खोसेको छ। 

प्रतिक्रिया दिनुहोस्