Logo

नेपालमा फेरी बन्दुक उठ्छ : वैद्य



Spread the love

१ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा फेरी बन्दुक उठ्ने दाबी गरेका छन् । विप्लवसँग सरकारको सम्झाैता भएता पनि उनले नेपालमा शान्तिको सम्भावना नरहेको भन्दै फेरी क्रान्ति हुने बताएका हुन् ।

आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएको भन्दै कुनै हालतमा शान्तिको सम्भावना नरहेको दाबी गरेका हुन् ।

उनले शान्तिका लागि क्रान्ति पहिलो कुरा भएको बताउँदै अझै क्रान्तिको आवश्यकता भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्