Logo

आमिर खानले गरे यस्तो घोषणा, फ्यानहरू चिन्तित



Spread the love

३ चैत, एजेन्सी । बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन् । आइतबार जन्मदिन मनाएसँगै आमिरले अब सामाजिक सञ्जालबाट टाढा रहने घोषणा गरेका हुन् ।

आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल बन्द गरेता पनि उनको प्रोडक्सन हाउसको अकाउन्टबाट सुचना आदानप्रदान गर्न सकिने उल्लेख गरेका छन् ।

अभिनेता खानले अहिलेसम्म सामाजिक सञ्जालमा जोडिएर साथ दिने सबैलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा अन्तिम पोष्ट गरेका छन् ।

आमिर खानको यो घोषणासँगै फ्यानहरू अभिनेतासँग राम्ररी अन्तर्क्रिया नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्